यू-२० महिला एसियन कप खेल्ने लक्ष्यसहित नेपालले आज भुटानसँग खेल्दै

6 Aug, 2025

एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गतका खेलहरु आजबाट सुरु हुँदैछ।

प्रतियोगिता नेपालले पनि खेलिरहेको छ। नेपाल रहेको समूह ‘ए’को भुटानमा आजबाट सुरु हुनेछ।

जसमा नेपालले पहिलो दिन नै आयोजक भुटानसँग खेल्दै एसियन कप खेल्ने लक्ष्यको सुरुआत गर्दै छ। खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरू हुनेछ।

यो खेल नेपालका लागि सहज हुनेछ। किनकी भुटान नेपालभन्दा निकै कमजोर छ। अघिल्लो महिना भएको यू–२० साफका नेपालले दुवै खेलमा भुटानमाथि फराकिलो अन्तरको जित निकालेको थियो। जहाँ नेपालले ६–१ र ८–० को एकपक्षीय जित निकालेको थियो।

यता, नेपाली टिमका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले भुटानलाई कमजोर नठान्ने बताउँदै उसलाई सम्मान गरेर खेल्ने बताएका छन्। प्रिम्याच कन्फ्रेन्समा उनले साफ एएफसी कप छनोट फरक प्रतियोगिता भएकाले भुटानलाई कमजोर नसोच्ने बताए।

नेपाली टिमकी कप्तान विर्सना चौधरीले तयारी राम्रो भएकाले नतिजा राम्रो आउने अपेक्षा गरेको बताइन्।

यो समूहमा नेपाल र भुटानसँगै डिफेन्डिङ च्याम्पियन उत्तर कोरिया र साउदी अरब पनि छन्। साउदी नेपालभन्दा कमोर भएपनि उत्तर कोरिया निकै बलियो टिम हो। नेपालको लक्ष्य उपविजेता मध्ये उत्कृष्ट तीनमा रहँदै अगाडि बढ्ने रहेको छ।

३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यू–२० एसिया कपमा स्थान बनाउने छ। थाइल्यान्डले भने आयोजकका रुपमा यसअघि नै प्रतियोगितामा स्थान पक्का गरिसकेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]