एमएसलकै महँगा खेलाडी बने सन

8 Aug, 2025
Share:
117 Shares

कोरियन विंगर सन ह्युङ मिन अमेरिकन मेजर सकर लिग क्लब लस एन्जलस एपसीमा आबद्ध भएका छन्। इंग्लिस क्लब टोटनहमा १० वर्ष बिताएपछि ३३ वर्षीय सन एमएसल क्लब लस एन्जलसमा आबद्ध भएका हुन्।

सनलाई लस एन्जलसले २६.३ मिलियिन अमेरिकी डलरमा अनुबन्धन गरेको हो। योसँगै उनी एमएसएलकै सबैभन्दा महँगा खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान एम्यानुएल लाट्टेको नाममा थियो। उनलाई एटलान्टा युनाइटेडले मिडल्सब्रोबाट २२.१७ मिलियन डलरमा अनुबन्धन गरेको थियो।

मेडिकल परीक्षणपछि उनले क्लबसँगको औपचारिक सम्झौता पनि गरिसकेका छन्। सन अब सन् २०२९ सम्म लस एन्जलसमा रहने छन्।

सनले टोटनह्याममा १० वर्ष बिताउँदा १७३ गोल गरेका छन् । उनले सन् २०२१–२२ मा प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए। प्रिमियर लिगमा गोल्डेन बुट जित्ने उनी पहिलो एसियन खेलाडी हुन्।

सनले शनिबार सिकागोमा हुने खेलमा डेब्यु गर्ने सम्भावना छ।