साउदी क्लबमा पुगे नुनेज र मार्टिनेज

9 Aug, 2025

दुई स्टार खेलाडीहरु डार्विन नुनेज र इनिगो मार्टिनेस साउदी प्रो लिगमा आबद्ध हुने भएका छन्।

२६ वर्षीय उरुग्वेयन स्ट्राइक नुनेज लिभरपुलका अल हिलाल जाने भएका छन् भने बार्सिलोनाका स्पेनिस डिफेन्डर मार्टिनेज अल नासरमा आबद्ध भइसकेका छन्। केही समयमै नुनेजको ट्रान्सफरको पनि औपचारिक हुने छ।

लिभरपुल नुनेजलाई ५६.६ मिलियन पाउण्डमा अल हिलाल पठाउन सहमत भइसकेको छ। मेडिकल परीक्षणपछि उनले अल हिलालसँग सम्झौता गर्ने छन्।

नुनेज २०२२ मा मात्रै बेन्फिकाबाट ६५.६ मिलियन पाउण्डमा लिभरपुल आएका थिए। उनले लिभरपुलका लागि १४३ खेल खेल्दै ४० गोल गरेका छन्।

लिभरपुलले नयाँ स्ट्राइकर ह्युग इकिटिकेलाई अनुबन्धन गरेपछि नुनेजले लुभरपुल छाडेका हुन्।

यता, ३४ वर्षीय मार्टिनेज भने फ्रि ट्रान्सफरमा अल नासरमा आबद्ध भएका हुन्। अघिल्लो सिजन बार्सिलोनामा महत्वपूर्ण खेलाडी रहेका उनको सम्झैता सिजनको अन्त्यसँगै सकिएको थियो।

मार्टिनेसले अल नासरसँग १ वर्षको सम्झौता गरेका छन्। सम्झौता थप एक वर्ष लम्ब्याउने सुविधान उनलाई हुनेछ।

२०२४ को जनवरीमा एट्लेटिको क्लबबाट बार्सिलना आएका मार्टिनेजले त्यहाँ ७१ खेल खेल्दै ३ गोल गरेका थिए। त्यसअघि उनले रियल सोसिडाडबाट ७ सिजन र एथ्लेटिक क्लबबाट ६ सिजन खेलेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]