नेपाल प्रियिमर लिग (एनपिएल)को मिनि अक्सन आजै ३ः४५ बजे होटल टुलिपमा हुँदैछ। अक्सनमा कुल १५० खेलाडी सहभागी हुँदैछन्।
यही खेलाडीबाट ८ फ्रेन्चाइजी टिमले थप खेलाडी अनुबन्ध गर्दै टिम बनाउने छन्।
मिनी अक्सनमा चितवन राइनोजसँग सर्वाधिक रकम हुनेछ। ५ खेलाडी रिटेन गरेको चिवतनसँग ५८ लाख रुपैयाँ पर्समा छ। यही रकमबाट उनले ५ खेलाडी किन्ने छ।
उसले दोस्रो सिजनका लागि मार्की खेलाडी कुशल मल्लसँगै रिजन ढकाल (१०लाख), कमलसिंह ऐरी (१० लाख), अमरसिंह रौटेला (५ लाख), दीपक बोहरा (५ लाख) र गौतम केसी (२ लाख) लाई रिनेट गरेको थियो।
त्यसपछि कर्णाली याक्ससँग ४३ लाख रुपैयाँ छ। उसले पनि अक्सनबाट ५ खेलाडी नै किन्ने छ।
अक्सनअघि उसले मार्की खेलाडी सोमपाल कामीसँगै गुल्सन झा (१५ लाख), नन्दन यादव (११लाख), अर्जुन घर्ती (१० लाख), दीपेन्द्र रावत (३लाख), युनिस विक्रम ठकुरी (२लाख) र विपिन शर्मालाई रिटेन गरेको थियो।
यस्तै, सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरसँग साढे ४५ लाख रुपैयाँ छ। उसले पनि अक्सनबाट ५ खेलाडी नै किन्ने छ।
उसले लोकश बम (१५ लाख), प्रतिश जिसी (१५ लाख), बासिर अहमद (१० लाख), सुवास भण्डारी (२.५ लाख) र नरेन भट्ट (२ लाख)लाई रिनेट गरेको छ।
रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनीसँग अक्सनका लागि ४५ लाख २५ हजार रुपैयाँ छ। यही पैसाले उसले अक्सनबाट ५ खेलाडी किन्ने छ।
उसले विवेक यादव (१५ लाख), सन्दीप जोरा (१५ लाख), तिलकराज भण्डारी (१० लाख), दिनेश अधिकारी (२.५ लाख) र अविशेष गौतम (२ लाख)लाई रिनेट गरेको थियो।
यस्तै, काठमाडौं गोर्खाजसँग अक्सनबाट ५ खेलाडी नै किन्न ४३ लाख रुपैयाँ छ। करण केसी मार्की खेलाडी रहेको काठमाडौंले भीम सार्की (१५ लाख), साहब आलम (१५ लाख), रसिद खान (१० लाख), दिपेश कँडेल (५ लाख) र प्रतिक श्रेष्ठ (१५ लाख)लाई रिटेन गरेको थियो।
गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्ससँग साढे ४१ लाख रुपैयाँ छ। उसले ५ खेलाडी किन्ने छ। दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको उसले आसिफ सेख (१५ लाख), अविनाश बोहरा (१२ लाख), विनोद भण्डारी (१० लाख), इशान पाण्डे (९.५ लाख) र नरेश साउद (२ लाख)लाई रिटेन गरेको थियो।
यस्तै, कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्ससँग अक्सनमा ४ खेलाडी किन्न साढे ३६ लाख रुपैयाँ छ। उसले सागर ढकाल (१५ लाख), आकाश चन्द (११.५ लाख), किरण ठगुन्ना, (१० लाख), विपिन खत्री (१० लाख), तृतराज दास (५ लाख) र दिनेश खरेल (२ लाख)लाई रिटेन गरेको थियो।
एपिएलको मिनि अक्सनका लागि पहिलो डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससँग सबैभन्दा कम रकम छ। ३३ लाख रुपैयाँ मात्र रहेको उसले यो रकमबाट ४ खेलाडी किन्ने छ।
आसिफ सेख मार्की खेलाडी रहेको जनकपुरले कप्तान अनिल साह (१५ लाख), ललितनारायण राजवंशी (१५ लाख), किशोर महतो (१० लाख), रुपेश सिंह (१० लाख), शुभ कंशकार (५ लाख) र तुलबहादुर थापामगर (२लाख)लाई रिटेन गरेको थियो।
