सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

लुम्बिनी बन्यो एनपिएलको च्याम्पियन, सुदूरपश्चिमको च्याम्पियन बन्ने सपना अधुरै

लुम्बिनी लायन्स नेपाल प्रियिमर लिगको नयाँ च्याम्पियन बनेको छ। पहिलो सिजन लिगको पुछारमा रहेको लुम्बिनी दोस्रो सिजन लागतार ६ खेल जित्दै च्याम्पियन बनेको छ। 

शनिबार टियू रंगशालामा भएको फाइनलमा सुदूरुपश्चिम रोयल्सलाई ६ विकटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। यता, लगतार दोस्रो फाइनल खेले पनि सुदूरपश्चिमको च्याम्पियन बन्ने सपना अधुरै भएको छ। पहिलो सिजन ऊ जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। उसले २ सिजनकाे ४ खेल मात्र हारेकाे छ।

फ्रेन्चाइजी लिगकै सबैभन्दा सानो ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। उसका लागि निदेश अधिकारीले १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए । उनले दीपेन्द्रसिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार गरेका थिए। यस्तै, रोहित पौडेललले १६, डार्सी सर्टले १४ र निरोशन डिक्वेलाले ११ रन बनाए।

बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले २ र अविनाश बोहरा र दीपेन्द्रले समन १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपशिचम १९।१ ओभरमा ८५ रनमै अलआउट भयो। पावर प्लेमै ३ विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा आएको थियो। त्यसपछि लुम्बिनी स्पिनहरुले लागतार विकेट लिएपछि सुदूरपश्चिम सस्तैमा समेटियो।

लुम्बिनीका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। उनले ५१ बलमा १ चौका प्रहार गरे। यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ तथा हर्मित सिंह र स्कट कुगुलेइनले समान १० रन बनाए। 

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक गरे। उलने ११औं ओभको चौथो, पाँचौं र छैठौं ओभरमा दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई पभेलियन पठाउँदै एनपिएल फाइलनको पहिलो ह्याट्रिक आफ्नो नाममा लेखाए। यो एनपिएलको दोस्रो ह्याट्रिक हो। यसअघि काठमाडौं गोर्खाजका साहब आलमले ह्याट्रिक लिएका थिए। रोहितले ४ ओभरमा १२ रन मात्र खर्चिए।

यस्तै, रुबेन त्रुम्पेलमनले २।१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिँदा शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट नै लिए।

1.3Kशेयर