देव, अर्जुन र पवनमाथि लाग्यो अधिकतम बोली, राष्ट्रिय टिमबाट खेलिसकेका सुनिल, राजु, भुवन अनसोल्ड

9 Aug, 2025

एनपिएलको दोस्रो सिजनअघि अहिले मिनी अक्सन चलिरहेको छ। अपरान्ह ३ः४५ बजेबाट होटल टुलिपमा जारी अक्सनमा ए क्याटेगोरीमा रहेका तीन खेलाडीमाथि अधिकतम बोली लागेको छ।

मिनी अक्सनमा अधिकतम बोली लाग्नेमा ए क्याटेगोरीका देव खनाल, अर्जुन साउद र पवन सर्राफमाथि अधिकतम बोली लागेको हो।

१० लाखबाट उनीहरुको बोली सुरु भएको थियो। एक भन्दाबढी टिमले चासो देखाउँदा उनीहरुले अधितम १५ लाख रुपैयाँ प्राप्त गरे।

जसमा चितवन भाग्यमानी भयो। उसले लक्डी ड्र मार्फत देव र अर्जुनलाई टिमा भित्र्याएको छ। पहिलो सिजन देवले कर्णाली याक्स र अर्जुनले लुम्बिनी लायन्सबाट खेलेका थिए। पवनले भने चोटका कारण पहिलो सिजन गुमाएका थिए।

यस्तै, पवनलाई भने कर्णालीले लक्की ड्रीमै प्राप्त गरेको छ। उसका लागि विराटनगर किंग्स, लुम्बिनीले अधितम विड गरेका थिए।

यस्तै अक्सनमा सुदूरपश्चिम रोयल्सले फास्ट बलर हेमन्त धामीलाई अधिकतम मूल्य १० लाखमा लक्की ड्रमार्फत भित्र्याउँदा लुम्बिनीले विकेटकिपर ब्याटसम्यान दिलिप नाथलाई १० लाखमा अनुबन्धन गरेको छ। विराटनगर किंग्सले १० लाखमै लेफ्ट आर्म स्पिनर सूर्य तामाङलाई अनुबन्धन गरेको छ।

अक्सनमा राष्ट्रिय टिमबाट खेलिसकेका अलराउन्डर सुनिल धमला र भुवन कार्की तथा राजु भने अनसोल्ड भएका छन्। अक्सनमा सुनिल क्याटेगोरी ए, भुवन बी र राजु सी क्याटेगोरीमा थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]