कम्बोडियन लिगमा लाकेन लिम्बूको डेब्यू

11 Aug, 2025

नेपाली राष्ट्रिय फुटबल टिमका युवा अट्याकिङ मिडफिल्डर लाकेन लिम्बूले कम्बोडियन लिगमा डेब्यू गरेका छन्।

उनले किरिओङ सोक सेन एफीमा आबद्ध उनले डाङकोरविरुद्ध खेल्दै कम्बोडियन लिगमा डेब्यू गरेका हुन्। उनी कम्बेडियन लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्।

सुरुआती ११ मै परेका उनले ९० मिनेट नै मैदानमा बिताउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। खेल किरिओङले २–१ले जितेको छ।

लिगमा ११ टिम सहभागी छन्। अब लाकेनको टिमले अगस्त १६मा कोम्पोङ देवासँग खेल्ने छ।

अघिल्लो सिजन खराब प्रदर्शन गरेको किरिओङले १ जित मात्र निकाल्दै १०औं भएको थियो। यो लिगमा रेलिगेसन भने हुँदैन।

लाकेनको यो दोस्रो विदेशी क्लब हो। यसअघि उनले गत सिजन दिल्ली एफसीबाट भातरको आई लिग खेलेका थिए।

नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य लाकेन घरेलु फुटबलमा भने थ्री स्टार क्लबबाट खेल्नेछ। उनले केही मोफसलका प्रतियोगिता भने मछिन्द्र क्लबबाट पनि खेलेका थिए।

नेपाल सुपर लिग भने उनले झापा एफसीबाट खेलेका थिए। उनी झापाका मार्की खेलाडी पनि हुन्।

सन् २०२३मा फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमार्फ राष्ट्रिय टिममा डेब्यू गरेका उनले नेपालका लागि १६ खेल खेलेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]