विश्व फुटबलका वर्तमान उत्कृष्ट गोलपिकर मध्ये एक हुन्, जियानलुजी डोनारुना। २६ वर्षीय यी इटालियन गोलकिपर अहिले फ्रेन्च क्लब पिएसजीमा आबद्ध छन्।
पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग जिताउन उत्कृष्ट भूमिका खेलेका डोनारुमाले यही ट्रान्सफर विन्डोमा पिएसजी छाड्ने भएका छन्।
क्लब बोर्डसँगको मतभेदपछि डोनारुमाले क्लब छाड्ने भएका छन्। पिएसजीसँग उनको सम्झौता सन् २०२६ सम्म छ। पिएसजी बोर्डले तबल घटाएर सम्झौता नवीकरणको प्रस्ताव गरेपछि उनी रुष्ट बनेका हुन्।
अहिले वार्षिक १० मिलियन युरो पाउँदै आएका डोनारुमालाई बोर्डले ८–९ मिलियनको प्रस्ताव गरेको थियो। बोर्डको यस्तो व्यवहारपछि रुष्ट बनेका उनले क्लबले आफ्नो योगदानको सम्मन गरेको बताएका छन्। उनले नवीकरणको प्रस्ताव पनि अस्वीकार गरेका छन्।
पिएसजीले यसै सिजनमात्रै लिलका गोलकिपर लुकास चेभालियरलाई ४० मिलियन युरोमा अनुबन्ध गरिसकेको छ। त्यसकारण पनि डोनारुमाले पिएसजी छाड्ने निश्चित भएको हो।
सम्झौतान नवीकरण अस्वीकार गरेपछि पिएसजीले युइएफए सुपर कपको स्क्वाडबाट पनि डोनारुपमालाई हटाएको छ।
डोनारुपमालाई भित्र्याउन इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखले चासो देखाएका छन्। पिएसजीले उनको मूल्य ३० मिलियन पाउण्ड राखेको छ।
