‘साम्बा’ बनिन् म्याक्सिम्याक्स एजुकेशनको ब्रान्ड एम्बासडर

12 Aug, 2025

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसको ब्रान्ड एम्बासडर बनेकी छिन्।

मंगलबार एक कार्यक्रम आयोजना म्याक्सिम्याक्स एजुकेशनले साम्बालाई ब्रान्ड एम्बासडर घोषणा गरेको हो। सोही कार्यक्रममा म्याक्सिम्याक्सका एमडी रोजनकुमार दवाडी र सावित्राले सम्झौता पत्रमा हस्ताक्षर गरे।

अब सावित्रा तीन वर्षसम्म म्याक्सिम्याक्स एजुकेशनको ब्रान्ड एम्बासडर रहेन छिन्। 

साम्बाले पहिल्यैदेखि ब्रान्ड एमबासडर बन्ने सपना देखेको र त्यो आज पूरा भएको उल्लेख गर्दै म्याक्सिमससँग जोडिन पाउँदा खुसी लागेको बताइन् । उनले आगामी पुस्ताका लागि पनि यो प्रेरणा हुने बताइन्।

गोल मेसिनको उपमा पाएकी साम्बाले नेपालका लागि सर्वाधिक ६४ गोल गरेकी छन् । उनले एक महिना अघि उज्बेकिस्तानमाभएको एएफसी महिला एसियन कप छनोट मार्फत नेपाली महिला टोलीको कप्तानी सम्हालेकी थिईन् ।

युरोपमा लिग खेल्ने पहिलो नेपाली महिला खेलाडीको कीर्तिमान बनाएकी साम्बाले फ्रेन्च लिग खेलिसकेकी छन्। उनी आगामी सिजनका लागि न्युजिल्याण्डको क्लब वेलिङ्गटन फोएनिक्समा अनुबन्ध भएकी छन्। वेलिङ्गटनले अष्ट्रेलियन शीर्ष डिभिजनको महिला लिग खेल्छ।

साम्बाले भारतीय महिला लिग समेत खेलिसकेकी छिन्। उनले त्यसअघि नेपालमा विभागीय टोली एपीएफबाट समेत खेलिसकेकी छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]