३४ वर्षपछि वेस्टइन्डिजले जित्यो पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज

13 Aug, 2025

वेस्टइन्डिजले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज जितेको छ। मंगलबार राति भएको सिरिजको अन्तिम खेलमा २०२ रनको विशाल अन्तरको जित निकाल्दै वेस्टइन्डिजले ३ खेलको सिरिजन २–१ले जितेको हो।

घरेलु टोली वेस्टइन्डिजले १–०ले पछि परेको अवस्थाबाट सिरिज जितेको हो। उसले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज ३४ वर्षपछि जितेको हो। उसले अन्तिम पटक सन् १९९१ मा पाकिस्ताविरूद्ध एकदिवसीय सिरिज जितेकाे थियाे।

वेस्टइन्डिजले दिएको २९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान ९२ रनमै अलआउट भयो। उसका तीन ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाए। जसमा सलमान आघाले ३०, मोहम्मद नवाजले २३ र हसन नवाजले २३ रन बनाए।

पाकिस्तानका सुरुआती ४ मध्ये तीन बयाट्सम्यान शुन्य रनमा आउट भएका थिए। जयडन सिअल्सले अपअर्डर ध्वस्त पारेपछि पाकिस्तान २३–४को अवस्थामा आएको थियो।

४ टपअर्डर ब्याट्सम्यानसहित सिअल्सले ७.२ ओभरमा १८ रन खर्चेर ६ विकेट लिए। यस्तै, गुडाकेश मोतीले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले कप्तान साइ होपको शतक मद्दतमा ६ विकेटको क्षतिमा २९४ रन बनायो। होपले ९४ बलमा १० चौका र ५ छक्का मद्दतमा १२० रन बनाए। यस्तै, जस्टिन ग्रेवसले २४ बलमा ४३, रोस्टन चेसले ३६ र इभान लेविसले ३७ रन बनाए।

बलिङमा पाकिस्तानका नसिम साह र अब्रार अहमदले समान २ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]