टप इन्ट टि–२० सिरिज : सन्दीप र रुपेशले लिए विकेट, एनटी स्ट्राइकर ९०–३को अवस्थामा

15 Aug, 2025
Share:
117 Shares

अस्ट्रेलियामा जारी टप इन्ट टि–२० सिरिजमा नेपालले अहिले नर्दन टेरोटोरी स्ट्राइकरसँग खेलिरहेको छ। नेपालले टस जितेर अहिले बलिङ गरिरहेको छ।

ताजा अवस्था ९ ओभरको समाप्तिमा नर्दनले ३ विकेटको क्षतिमा ९ रन बनाएको छ। नेपालका लागि सन्दीप लामिछानेले २ तथा रुपेश सिंहले १ विकेट लिए।

नेपाललाई रुपेश सिंहले सफलता दिलाएका थिए। उनले चौथो ओभरको तेस्रो बलमा ज्याक वेथरलेडलाई क्याच आउट गराए। उनले ११ रन बनाए।

लगत्तै अर्को ओभरमा सन्दीपले ज्याकब डिकमनलाई शुन्य रनमा बोल्ड गरेका थिए। यस्तै, सन्दीपले नवौं ओभरमा अर्धशतक बनाए विस्फोटक ब्याट्सम्यान डार्ची सर्टलाई पनि बोल्ड गरेका थिए।

सर्टले सन्दीले सो ओभरमा लागतार ४ चौका प्रहार गरेका थिए। पाचौं बलमा भने उनी बोल्ड भएका थिए। उनले ३४ बलमा ५१ रन बनाए।