चलेन नेपालको ब्याटिङ, टप इन्ड टि–२० सिरिजमा ४२ रनले पराजित

15 Aug, 2025

अस्ट्रेलियामा जारी टप इन्ड टि–२० सिरिजको पहिलो खेलमा नेपाल पारजित भएको छ।

डाविर्नमा केही बेरअघि सकिएको खेलमा टप अर्डर चल्न नसक्दा नेपाल नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भयो।

स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सक्यो। नेपालका लागि कुशल मल्लले २६ बलमा १ चौका र २ छक्का मद्दतमा ३४ रन बनाए भने गुल्सन झाले १० बलमा समान २ चौका र छक्का मद्दतमा २६ रन बनाए।

यी दुई बाहेक कप्तान रोहित पौडेलले २३, दीपेन्द्रसिंह ऐरीले १९ र आसिफ सेखले ११ रन मात्र बनाउन सके।

त्यसअघि टस जितेर हारेर पहिला ब्याटिङ गरेको स्ट्राइकले ८ विकेटकै क्षतिमा १७७ रन बनाएको थियो। उसका कप्तान डार्ची सर्टले अर्धशतक बनाए। उनले ३४ बलमा ७ चौका र १ छक्का मद्दतमा ५१ रन बनाए। उनले सन्दीप लामिछानेको दोस्रो ओभरमा लागतार ४ चौका प्रहार गरेका थिए। यस्तै, थोमस एन्ड्रयूले २६ बलमा ३२ न बनाउँदा ज्याक सिल्कले १९ र कर्नर क्यारोलले १८ रन बनाए।

बलिङमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए। यस्तै, साहब आलमले २ तथा रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]