प्रिमियर लिगमा च्याम्पियन लिभरपुलको सानदार सुरुआत

16 Aug, 2025

इंग्लिस प्रियिमर लिगको नयाँ सिजन शुक्रबार रातिबाट सुरु भएको छ। शुक्रबार राति एन्डफिल्डमा डिफेन्डिङ च्याम्पियन लिभरपुल र बोर्नेमाउथबीचको खेलसँगै प्रिमियर लिगको नयाँ सिजन सुरु भएको छ।

लिगको उद्घाटन खेलमा च्याम्पियन लिभरपुलले सानदार सुरुआत गरेको छ। अन्तिम समयमा २ गोल गर्दै लिभरपुलले बोर्नेमाउथमाथि ४–२को जित निकाल्यो।

लिभरपुलका लागि ह्युगो एकिटिके, गोडी गाक्पो, फेडेरिको कियसा र मोहम्मद सलाहले गोल गरे। यता, बोर्नेमाउथका लागि एन्टोनियो सेमेन्योले दुवै गोल गरे।

खेलमा ३७औं मिनेटमा इकिटिकेले गोर्दै लिभरपुललाई अग्रता दिलाए। उनी इपिएलमा डेब्यू खेलमै प्रभाव छाड्न सफल रहे। उनी यसै सिजन फ्रान्कफर्टबाट लिभरपुल आएका हुन्।

पहिलो हाफ १ गोल भएको खेलमा दोस्रो हाफमा ५ गोल भएको थियो। ४९ औं मिनेटमा इकिटिकेकै पासमा गाक्पो गोल गर्दैृ लिभरपुलको अग्रता दोब्बर बनाए।

त्यसपछि १२ मिनेट अन्तरमा २ गोल गर्दै बोर्नेमाउथ खेलमा फर्कियो। उसका सेमेन्योले ६४औं र ७६औं मिनेटमा गोल गरेका थिए।

तर, ८८औं मिनेटमा किएसाले गोल गर्दै लिभरपललाई पुनः खेलमा अग्रता दिलाए। इन्जुरी समयको चौथो मिनेटमा सलाहले गोल गरेपछि लिभरपुलले ४–२को जित निकाल्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]