आसन्न एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिमबाट खेलिसकेका केही खेलाडीलाई समट्दै प्रतियोतिगामा २३ सदस्यीय टिम घोषणा गरेको हो।
सेप्टेम्बर ३ देखि ९ तारिखसम्म ताजिकिस्तानमा हुने छनोटका लागि राष्ट्रिय टिमका विंगर आयुष घलान, स्ट«ाइकर निराजन धामी तथा मिडफिल्डर सुमित श्रेष्ठ, कृतिरत्न छुन्जुलाई टिममा समावेश गरिएको छ। निराजनले गत कात्तिकमा भएको ताजिकस्तानविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
छनोटमा नेपाल समूह केमा छ। यो समूहमा नेपालसँगै आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्स छन्।
नेपाली टोली : कृशल मोक्तान, अमित टमाटा, विशाल केसी (गोलकिपर), विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सेमान्ता थापा (डिफेन्डर), अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतीश रत्न चुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ (मिडपिल्डर), रोहन खड्गी, निराजन धामी (स्ट्राइकर)
