बंगलादेश एले नेपाललाई दियो १८७ रनको ठूलो लक्ष्य, नेपालले चेज गर्ला?

16 Aug, 2025
Share:
117 Shares

अस्ट्रेलियामा जारी टप इन्ड टि–२० सिरिजको दोस्रो खेलमा नेपालले ठूलो लक्ष्य पाएको छ। जारी खेलका बंगलादेश एले नेपाललाई १८७ रनेका ठूलो लक्ष्य दिएको हो।

डर्विनमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनायो। उसका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए । उनले ४६ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै अफिफ होसेनले अविजित ४८ रन बनाए। उनले २३ बलमा ९ चौका प्रहार गरेका थिए। मोहम्मद नइमले १८ बलमा २५ रन बनाए।

बलिङमा नेपालका लागि रिजन ढकालले‍ २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान १ विकेट लिए।

नेपालले बंगलादेशविरुद्ध तीन परिवर्तन गरेको थियो। पहिलो खेलमा रहेका सोमपाल कामी, रुपेश सिंह र साहब आलमको स्थानमा करण केसी, नन्दन यादव र रिजन ढकाललाई मौका दिइएको छ।

नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो ।

नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।