विश्वकप छनोटमा केन्याको लगातार दोस्रो जित, जिम्बाबे पराजित

23 Nov, 2023

अर्को वर्ष आयोजना हुने आइसीसी टी–२० विश्वकप क्रिकेटको अफ्रिका क्षेत्रको छनोट प्रतियोगिता अहिले नामिवियामा जारी छ।

प्रतियोगिताका लागि ७ टिम सहभागी छन् । यो प्रतियोगिताबाट २ टिमले विश्वकपमा स्थान पक्का गर्ने छन् । अहिले जारी छनोट खेलमा केन्याले लगातार दोस्रो जित निकालेको छ । विन्डहकमा केन्याले नाइजेरियालाई ४ विकेटले पराजित गरेको हो।

नाइजेरियाले दिएको १२२ रनको लक्ष्य केन्याले १ बल बाँकी हुँदा ६ विकेट गुमाएर लगातार दोस्रो जित निकाल्न सफल भयो । पहिला ब्याटिङ गरेको नाइजेरियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो । नाइजेरियाका लागि इसाक डनलाडीले ४६ रनको नटआउट पारी खेल्दा प्रोसपर उसेनीले ३७ रन जोडेका थिए । केन्याका भिराज पटेलले सर्वाधिक २ विकेट लिए।

१२२ रनको लक्ष्यसहित मैदान उत्रिएको केन्याले १ बल बाँकी हुँदा जित हात पारेको हो । केन्याका रुसब पटेलले सर्वाधिक ३२ रन बनाउँदा सेह नोग्छेले ११ बलमा २३ रनको आक्रामक पारी खेल्दै जित दिलाएका हुन् । उनलाई कप्तान लुकास ओल्चले १० रन बनाएर गतिलो साथ दिएका थिए । नाइजेरियाका पिटर एहोले २ विकेट लिए

लगातार दोस्रो जितसँगै केन्या ४ अंक बनाएर तालिकाको शीर्ष स्थानमा छ।

यता, टेस्ट राष्ट्र जिम्बाबे भने पहिलो खेलमा पराजित भएको छ। ऊ आयोजिक नामिबियासँग ७ विकेटले पराजित भयो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]