अस्ट्रेलियामा नेपाली टपअर्डरको सघंर्ष, कुशलको अर्धशतका बाबजुद नेपाल बंगलादेश एसँग पराजित

16 Aug, 2025

नेपाली राष्ट्रिय क्रिकेट टिम अस्ट्रेलियामा जारी टप इन्ड टि–२० सिरिज खेलिरहेको छ। आसन्न टि–२० विश्वकप छनोटको तयारीका सिरिज खेल्ने अस्ट्रेलिया पुगेको नेपाली टिमले लगातार दोस्रो हार व्यहोरोकेको छ।

डर्विनमा केहीबेरअघि सकिएको खेलमा नेपाल बंगलादेश एसँग ३२ रनले पराजित भयो। यसअघि नेपाल शुक्रबार नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित भएको थियो।

दुवै खेलमा नेपालका शीर्ष चार ब्यट्सम्यान रन बनाउन निकै संघर्ष गरे। सोही कारण मिडल र लोअर मिडलअर्डरमा दबाब परेको देखियो। पहिलो खेलमा शीर्ष चार मध्ये कप्तान रोहित पौडेलले २१ बलमा ३२ तथा दोस्रो खेलमा आसिफ सेखले २४ बलमा २८ रन बनाए। दुवै खेलमा विपक्षी टिमका टप अर्डरका एक ब्याटरले अर्धशतक बनाउँदा नेपाली ब्याटर त्यसमा चुकेका छन्।

पहिला ब्याटिङ गर्दै बंगलादेश एले दिएको १८७ रनको लक्ष्य पछ्याको नेपालले कुशल मल्लाको अर्धशतक मद्दतमा ७ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो । कुशलले ४७ बलमा ६ चौका र १ छक्का माद्दतमा ५९ रन बनाए। यस्तै, आसिफ २८, लोकेश बमले १५ तथा नन्दन यादवले १४ रन बनाए।

बलिङमा बंगलादेशका रकिबुल हसनले ४ ओभरमा १८ रन मात्र खर्चेर ३ विकेट लिए भने हसन महमुदले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाएर १८६ रन बनायो। उसका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए । उनले ४६ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै अफिफ होसेनले अविजित ४८ रन बनाए। उनले २३ बलमा ९ चौका प्रहार गरेका थिए। मोहम्मद नइमले १८ बलमा २५ रन बनाए।

बलिङमा नेपालका लागि रिजन ढकालले‍ २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान १ विकेट लिए।

नेपालले बंगलादेशविरुद्ध तीन परिवर्तन गरेको थियो। पहिलो खेलमा रहेका सोमपाल कामी, रुपेश सिंह र साहब आलमको स्थानमा करण केसी, नन्दन यादव र रिजन ढकाललाई मौका दिएको थियो।

नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]