प्रिमियर लिगमा पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटीले सानदार सुरुआत गरेको छ। शनिबार राति भएको खेलमा अर्लिङ हालान्ड चम्किएपछि सिटीले वुल्भ्समाथि ४–०को एकपक्षीय जित निकाल्यो।
खेलमा हालान्डले २ गोल गर्दा तिजानी रेजन्डर्स र रायन चार्कीले गोल गरे। सिटीले दुवै हाफमा समान २ गोल गरेको थियो।
३४औं मिनेटमा हालान्डको गोलमा सिटीले सुरुआती अग्रता लियो। योसँगै हालान्ड लागतर चार सिजन प्रियिमर लिगको पहिलो खेलमा गोल गर्न सफल भएका छन्। सिजनको सुरुआती खेलमा लागतार धेरै खेलमा गोल गर्ने कीर्तिमान मोहम्मद सलाहको नाममा छ। उनले लागतार ६ सिजन गोल गरेका छन्।
त्यसको तीन मिनेटपछि नै रेजन्डर्सले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। योसँगै उनी प्रियिमर लिगमा डेब्यूमै गोल गर्न सफल भए। त्यसपछि ६१औं हालान्डले नै टिमको अग्रता दोब्बर बनाए।
८१औं मिनेटमा रायन चार्कीले गोल गर्दै सिटीलाई ४–०को जित दिलाए। उनी पनि प्रियिमर लिगको डेब्यूमै गोल गर्न सफल भए।
यो जितसँगै सिटीले पछिल्ला १५ सिजन मध्ये १४ सिजन लिगको पहिलो खेलमा जित निकालेको छ। जसमा उसले ४१ गोल गरेको छ।
