यू-१७ महिला च्याम्पियनसिपका लागि नेपाली टिमको बिदाई गरिएको छ।
आइतबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरिएको हो ।
अगस्त २० देखि ३१ सम्म चाङ्लिमिथाङ रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टिम सहभागी छन्।
प्रतियोगितामा नेपालले पहिलो दिन भारतसँग खेल्ने छ। विरुद्ध खेल्नेछ। यस्तै, नेपालले अगस्त २२ मा भुटान र बंगलादेशसँग २४ अगस्तमा खेल्ने छ।
त्यसपछि नेपालले २७ अगस्तमा पुनः बंगलादेश, २९ अगस्तमा भारत र ३१ अगस्तमा भुटानसँग खेल्नेछ
डबल राउण्ड रोबिन लिगमा खेलिने प्रतियोगितामा सबैभन्दा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ।
नेपाली टोली : झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल।
