टप इण्ड टि–२० सिरिजमा नेपालको लगातार तेस्रो हार, फेरि फ्लप भयो ब्याटिङ

18 Aug, 2025

अस्ट्रेलियामा जारी टप इण्ड टि–२० सिरिजमा नोपलले लगातार तेस्रो हार व्यहोरेको छ। सोमबार बिहान भएको खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो।

मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो।
नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन। उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे।

अन्य ब्याट्सम्यानले भने गतिलो योगदान दिन सकेनन्। बलिङमा मेलबर्नका डोउग बारेन र अस्टिन अन्लेजर्कले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मलबर्नले ७ विकेटको क्षतिमा १७५ रन बनायो। उसका लागि ब्लाक म्याकडोनाल्डले ४७ बलमा ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाए। यस्तै थोमस रोजर्सले ४६ बलमा ७ चौका र १ छक्का मद्दतमा ६५ रन बनाए।

यी दुईले दोस्रो विकेटको १२० रनको ठूलो साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा लगेका थिए। अन्य ब्याट्सम्यानले भने गतिलो योगदान दिन सकेनन्।

बलिङमा नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २६ रन मात्र खर्चेर ३ विकेट लिए भने रोमपाल कामी र साहब आलमले सामान १ विकेट लिए।

लगातार तेस्रो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ। यसअघि नेपाल नर्नद टेरिटोरी स्ट्राइक र बंगलादेश एसँग पराजित भएको थियो।

नेपालले अब होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]