नन्दनको घातक बलिङमा टप इन्ड टि-२० सिरिज नेपालको पहिलो जित

19 Aug, 2025

अस्ट्रेलियामा जारी टप इन्ड टि–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ। लागतार तीन खेल हारेपछि जित निकाल्ने क्रममा नेपालले होबर्ट होरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो।

नेपाललाई सानदार जित दिलाउने क्रममा नन्दन यादवले घातक बलिङले गरे। उनले ३ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए। उनको घातक बलिङपछि होबर्ट १६.१ ओभरमा ११४ रनमै अलआउट भयो।

उसका लागि ब्राड्ली होपले सर्वाधिक ३१ रन बनाउँदा चार्ली वाकिमले २८, ज्याक कर्टइनले २१ र टिम वर्डाले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा नेपालका लागि नन्द बाहेक कप्तान रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १ विकेट लिए।

त्यसअघि डर्विनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८० रन बनायो। अन्त्यतिर लोकेश बमले विस्फोट पारी खेलेपछि नेपालले चुनौतीपूर्ण लक्ष्य दिएको हो। उनले ११ बलमा ३ चौका र १ छक्का मद्दतमा २५ रन बनाए।

यसअघि कुशल भुर्तेल र आसिफ सेखले नेपाललाई राम्रो सुरुआत दिलाए। यी दुईले पहिलो विकेटका लागि ३४ बलमा ४९ रनको साझेदारी गरेका थिए। जसमा कुशलले २० बलमा २७ रन बनाउँदा आसिफले २८ बलमा २९ रन बनाए।

यस्तै, आरिफ सेखले २६ बलमा ३३, भीम सार्कीले १८ बलमा १८ रन बनाए।

बलिङमा होरिकेन्सका निवेथन राधाकृष्णन र राफ म्याकमिलानले समान २ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]