टप इन्ड टि-२० सिरिजमा ५ विकेट लिएका नन्दन भन्छन्– सबैमा जित्नै पर्नै मानसिकता थियो, त्यसैले रिजल्ट आयो

20 Aug, 2025
Share:
117 Shares

अस्ट्रेलियााम जारी टप इन्ड टि–२० सिरिजमा नेपालले पहिलो जित निकाल्यो। मंगलबार भएको खेलमा नेपालले होबर्ट होरिकेन्सलाई ६६ रनले हरायो।

यो जितमा नायक थिए, नन्दन यादव। उनले ३ ओभरमा १७ रन मात्र खर्चेर ५ विकेट लिए। उनी खेलको प्लेअर अफ दी म्याच भए।

प्लेअर अफ दी म्याच भएपछि उनले सबै खेलाडीमा जित्नै पर्नै मानसिकताका साथ मैदानमा उत्रिएका नतिजा सकारात्मक आएको बताए।

‘लगातार तीन खेल हारिसकेपछि यो खेल जित्नैपर्छ भन्ने सोच थियो। ड्रेसिङ रुममै नयाँ ऊर्जा देखाउनुपर्ने भनेर छलफल भएको थियो। सबैले शत प्रतिशत प्रयास गरे र त्यसको नतिजा पनि हाम्रो पक्षमा आयो,’ उनले भने।

उनले दर्शकहरुको समर्थनले पनि टोलीलाई थप ऊर्जा दिएको बताए। कुनै एक ब्याट्सम्यानले ठूलो रन नबनाए पनि सबैले सानो सानो योगदान दिएकाले १८० को चुनौतीपूर्ण लक्ष्य दिन सकेको बताए।

‘बलरको लागि बोर्डमा राम्रो टार्गेट हुनु जरुरी हुन्छ। ब्याटरले राम्रो स्कोर बनाएर हामीलाई डिफेन्ड गर्ने मौका दिए। यस्तो ठूलो मैदानमा १८० राम्रो स्कोर हो’ उनले भने।