रोनाल्डोको टिम अल नासर साउदी सुपर कपका फाइनलमा

20 Aug, 2025
Share:
117 Shares

क्रिस्टियानो रोनाल्डोको टिम अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको अल नासरले अल इत्तिहादलाई २–१ले हराउँदै फाइनलमा स्थान बनाएको हो।

खेलमा अल नासरका लागि साडियो माने र जोआ फेलिक्सले गोल गरे। यता, इत्तिहादका स्टेवन वर्गविनले गोल गरेका थिए।

खेलमा १०औं मिनेटमा मानेको गोलमा अल नासरले सुरुआती अग्रता लियो। १६औं मिनेटमा वर्गविनले गोल गर्दै खेललाई १–१को बरारबीमा ल्याए।

२५औं मिनेटमा मानेले सिधै रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा समेटिएको थियो। तर, ६१औं मिनेटमा अल नासरले अग्रता लियो। गोलकिपर मात्र रहेको अवस्थामा रोनाल्डोले दिएको पासमा फेलिक्सले गोल गरेका थिए।

अब अल नासरले उपाधिका लागि अल क्वादिसिय र अल अहलीबीको विजेतासँग खेल्ने छ।