टप इन्ड टि-२० सिरिजको अन्तिम खेमा पाकिस्तानसँग भिड्दै नेपाल

22 Aug, 2025

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ।

सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

यसअघि लगातार दुई खेल जितेको नेपाली टिम उत्साहित छ। नेपालको सेमिफाइलन पुग्ने सम्भावना बाँकी रहेकाले यो खेल नेपालका लागि महत्वपूर्ण छ।

पछिल्ला दुई खेल जितेको नेपाल ४ अंकसहित आठौं स्थानमा छ। तर, आज पाकिस्तानलाई ठूलो अन्तरले हराउन सके र मेलबर्न स्टार्स तथा एडिलेट स्ट्राइकर्स अन्तिम खेलमा पराजित भए नेपाल चौथो हुँदै सेमिफाइलन पुग्न सक्ने छ।

नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ। जसमध्ये दुई खेलमा विजयी हुँदा तीन खेल गुमाएको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो।

चौथो र पाँचौं खेलमा भने नेपालले सानदार जित निकालेको छ । चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको नेपाले पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ।

यता, पाकिस्तानको भने ६ अंकसहित तेस्रो स्थानमा छ। राम्रो रन रेट रहेकाले नेपालसँग फराकिलो अन्तरले हारेपनि ऊ सेमिफाइनल पुग्ने पक्का जस्तै छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]