सोमपाल र नन्दनको उत्कृष्ट बलिङ, पाकिस्तान एले नेपाललाई दियो १४५ रनको मध्यम लक्ष्य

22 Aug, 2025
Share:
117 Shares

अस्ट्रेलियामा जारी टप इन्ड टि–२० सिरिजको लिगको अन्तिम खेलमा नोपलले १४५ रनको मध्यम लक्ष्य पाएको छ।

डर्विनमा खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान साहिन्साले ९ विकेटको क्षतिमा १४४ रन बनायो। उसका लागि इरफार खानले नटआउट २६ बलमा४२ रनको पारी खेले।

यस्तै, अब्दुल समदले २५ बलमा २६ रन बनउाँदा मोहम्मद वासिमले २२ बलमा २३ र यासिर खानले २१ बलमा १८ रन बनाए।

बलिङमा नेपालका सोमपाल कामी र नन्दन यादवले समान ३ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले २ र कुशल भुर्तेलले १ विकेट लिए।

आजको खेलमा फराकिलो जित निकाल्न सके नेपाल सेमिफाइनल पुग्न सक्ने छ।