यू-१७ साफमा भुटानमाथि नेपालको पुनरागमन जित

22 Aug, 2025
Share:
117 Shares

जारी यू–१७ महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।

भुटानमा जारी खेलमा नेपालले पहिलो जित निकाल्ने क्रममा घरेलु टोलीमाथि २–१को जित निकाल्यो। नेपालले खेलमा १ गोलले पछि परेका अवस्था उल्टाउँदै जित निकालेको हो।

४ टिम सहभागी प्रतियोगितामा नेपाल यसअघि भारतसँग ७–०को फराकिलो अन्तरले पराजित भएको थियो। भुटानको भने यो लगातार दोस्रो हार हो। ऊ पहिलो खेलमा ३–१ले पराजित भएको थियो।

नेपाललाई पुनरागमन जित दिलाउन सहारा लिम्बूले उत्कृगष्ट प्रदर्शन गरिन्। दुवै गोल उनले नै गरेकी थिइन्।

पहिलो हाफमा १ गोलले पछि परेको नेपालले ५८औ. मिनेटमा बराबरी गोल फर्कायो। नेपालका लागि साहराले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन।

त्यसपछि ७७औं मिनेटमा साहराले गोल गर्दै नेपाललाई २–१को जित दिलाइन्।

अब नेपालले तेस्रो खेल आइतबार बंगलादेशसँग खेल्ने छ।

यता, प्रतियोगितामा भारतले लागतार दोस्रो जित निकालेको छ। उसले शुक्रबार नै भएको खेलमा बंगलादेशमाथि २–०को जित निकाल्यो।