सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

बुन्डेस लिगामा बायर्नको सानदार सुरुआत, केनले गरे ह्याट्रिक

जर्मन बुन्डेस लिगा शुक्रबार रातिबाट सुरु भएको छ। शुक्रबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्यूनिखले सानदार सुरुआत गरेको छ।

उसले आरबी लेइपजिगमाथि ६–०को जित निकाल्यो। बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरे भने माइकल ओलिस २ तथा लुइस डियाजले पनि गोल गरे।

खेलमा २७औं मिनेटमा ओलिसको गोलमा बायर्नले अग्रता लियो। ३२औं मिनेटमा डियाजले बायर्नको अग्रता दोब्बर बनाए। यसै सिजन लिभरपुलबाट बायर्न आएका उनी बुन्डेस लिगमा डेब्यूमै गोल गर्न सफल भए।

४२औं मिनेटमा ओलिसले नै गोल गरेपछि बायर्नले पहिलो हाफमै ३–०को अग्रता लियो।

दोस्रो हाफमा १३ मिनेट अन्तरमा ह्यारी केनले ह्याट्रिक गर्दै टिमलाई ६–०को सानदार जित दिलाए। सिजनको पहिलो खेलमै ह्याट्रिक गर्ने क्रममा उनले ६४, ७४ र ७७औं मिनेटमा गोल गरेका थिए।

1.3Kशेयर