पर्थ स्कोचर्सले जित्यो टप इन्ड टी-२० सिरिजको उपाधि

24 Aug, 2025

नेपाली राष्ट्रिय क्रिकेट टिम पनि सहभागी भएको टप इन्ड टी–२० सिरिजको उपाधि पर्थ स्कोर्चर्स एकेडेमीले जितेको छ। डर्विनमा आइतबार भएको फाइनलमा एडिलेड स्ट्राइकर्स एकेडेमीलाई १५ रनले हराउँदै पर्थ च्याम्पियन बनेको हो।

२०६ रनको लक्ष्य पछ्याएको एडिलेडले ६ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो। म्याकेन्जी हार्भी नटआउट ८३ रनको इनिङ खेलेपनि टिमलाई जिताउन भने सकेनन्। यस्तै, ह्‍यारी मानेन्तीले ६० रन बनाए। बलिङमा पर्थका म्याथ्यु स्पूर्स र किटन क्रिचलले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पर्थले निर्धातिर ओभरमा २ विकेट गुमाएर २०५ रनको विशाल योगफल बनाएको थियो। उसका बाक्सटर होल्टले ६३ बलमा ११४ रनको शतकीय इनिङ खेले। यस्तै, कप्तान टिग वालीले अविजित ५६ रन बनाए।

सेमिफाइनलमा पर्थले पाकिस्तान शाहीन्स तथा एडिलेडले शिकागो किङ्समेनलाई हराएरका थिए।

यो सिरिज खेलेको नेपालले लिग चरणका ६ मध्ये २ खेल जितेको थियो भने ४ खेलमा हार व्यहोरेको थियो। नेपाल ४ अंकसहित आठौं स्थानमा रहेको थियो।

पहिलो पटक अस्ट्रेलियामा खेलेको नेपाली टिमले सुरुआती तीन खेलमा कमजोर प्रदर्शन गरेको थियो। तर, त्यसपछि भने नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो।

त्यसक्रममा नेपालले चौथो खेलमा होबार्ट होरिकेन्स एकेडेमीलाई ६६ रनले र पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको थियो। अन्तिम खेलमा भने नेपाल पास्तिान साहिन्ससँग १ रनले पराजित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]