फर्नान्डेसले पेनाल्टी चुकाउँदा फुलहमसँग रोकियो युनायटेड

25 Aug, 2025
Share:
117 Shares

इंग्लिस प्रियिमर लिगमा म्यान्चेटर युनाइटेड बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा कप्तान ब्रुनो फर्नान्डेसले पेनाल्टी चुकाउँदा युनाइटेड फुलहमसँग १–१को बराबरीमा रोकिएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा मै प्राप्त पेनाल्टीमा फर्नान्डेस गोल गर्न असफल भएका थिए। ३८औं मिनेटमा प्राप्त पेनाल्टीमा उनको प्रहार आकासिएको थियो।

५८औं मिनेटमा युनाइटेडले खेलमा अग्रता लियो। बायर्न बाउमोको कर्ननमा लेनी येरोको हेडिङ बल बचाउने क्रममा फुलमका रोड्रिगो मुनेजले आफ्नै पोस्टमा गोल गरेका थिए।

७३औं मिनेटमा फुलमहले बराबरी गोल फर्कायो। उनले मैदान प्रवेश गरेको २ मिनेटपछि नै एलेक्स इवेबीको पासमा गोल गरेका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन।