एम्बाप्पे र भिनिसियसको गोलमा रियल विजयी

25 Aug, 2025

स्पेनिस ला लिगमा लिग मड्रिड विजयी भएको छ। आइतबार राति भएको खेलमा किलियन एम्बाप्पे र भिनिसियस जुयिनर चम्किएपछि रियलले नवप्रवेशी क्लब ओभिडोमाथि ३–०को जित निकाल्यो।

ओभिडोकै मैदानमा भएको खेलमा रियलका लाथि एम्बाप्पेले २ तथा भिनिसियसले १ गोल गरेका थिए। रियलले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।

खेलमा ३७औं मिनेटमा एम्बाप्पेले रियललाई सुरुआती अग्रता दिलाए। उनले अर्डा गुलेरको पासमा गोल गरेका थिए। त्यसपछि ८३औं मिनेटमा एम्बाप्पले नै टिमको अग्रता दोब्बर बनाए। यो पटक उनले भिनिसियसको पासमा गोल गरेका थिए।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा भिनिसियले गोल गर्दै रियललाई ३–०को जित दिलाए। उनले ब्राहिम डियाजको पासमा गोल गरेका थिए।

्रप्रशिक्षक जाभी ओलन्सोले भिनिसियसलाई बेन्चमा राख्दै रोड्रिगोलाई सुरुआती ११मा खेलाएका थिए। क्लब छाड्न चर्चाबीच रोड्रिगोले लामो समयपछि सुरुआती ११मा मौका पाएका हुन्। ओलन्सोको आगमनपछि उनले कमैमात्र मौका पाउँदै आएका थिए।

यस्तै, अन्य खेलमा भिललरियलले जिरोनामाथि ५–०को फराकिलो जित निकाल्दा स्पानियोल र रियल सोसिडाडले २–२ गोलको बराबरी खेलेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]