सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

पुनः घाइते भए नेमार, ब्राजिलियन टिमको पुनरागमन लम्बियो

ब्राजिलियन सुपरस्टार नेमार जुनियर पुनः घाइते भएका छन्। ३३ वर्षीय नेमारले अभ्यासका क्रममा तिघ्रमा चोट बेकेका हुन्।

यो चोटसँगै नेमारको ब्राजिलियन टिमको पुनरागमन थप लम्बिएको छ। उनी अघिल्लो फिफा विन्डोमा पनि अन्तिम समयमा टिमबाट बाहिरिएका थिए।

घाइते हुनुअघि नेमारले लागतार ७ खेल ९० मिनेट नै मैदानमा बिताएका थिए। उनी पूर्ण रुपमा फिट देखिएका थिए।

प्रशिक्षक कार्लो एन्सोलोटीले सेप्टेम्बरमा हुने फिफा विन्डोमा हुने विश्वकप छनोटका लागि नेमारलाई ब्रानिलियन टिममा बोलाउने तयारी गरेका थिए। तर, अब टिममा नेमार हुनेछैनन्। सम्भवतः एन्सोलोटीलाई २ मैत्रीपूर्ण खेलका लागि आजै टिम घोषणा गर्ने छन्।

ब्राजिलले सेप्टेम्बर ५मा चिली र १०मा बोलियभसँगै खेल्दै छ। यसअघि नै अमेरिकामा हुने विश्वकपमा छनोट भइसकेकाले ब्राजिललाई दबाब भने हुनेछैन।

1.3Kशेयर