इंग्लिस प्रियिमर लिगमा लिभरपुल विजयी भएको छ। सोमबार राति भएको खेलमा लिभरपुलले १६ युवा विंगर रियो एनगुमोहको इन्जुरी समयको निर्णायक गोल मद्दतमा न्युकासलमाथि ३–२को जित निकाल्यो।
खेलमा लिभरपुलका लागि एनगुमोहसँगै रायन ग्रावेनबर्च र ह्युगो एकिटिकेले पनि गोल गरेका थिए। यता, न्युकासलका ब्रुनो गुइमारेस र विलियम ओसुलाले गोल गरेका थिए।
खेलमा ३५औं मिनेटमा ग्रावेनबर्चको गोलमा लिभरपुलले अग्रता लियो। पहिलो हाफको इन्जरी सयमा खराब ट्याकलपछि एन्थोनी गोर्डनले रातो कार्डा पाएपछि न्युकासले १० खलाडीमा समेटियो।
दास्रो हाफको पहिलो मिनेटमै एकिटिकेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। उनी लिरभपुलले यो सिजन खेलेका तीनै खेलमा गोल गर्न सफल भएका छन्।
त्यसपछि ५७औं मिनेटमा गुइमारेसले गोल गर्दै न्युकासललाई खेलमा फर्काउने प्रयास गरे। ८८औं मिनेटमा ओसुलाले गोल गरेपछि न्युकासलले खेल २–२को बराबरीमा ल्यायो।
खेल बराबरीतर्फ उन्मूख भएका बेला १६ वर्षीय एनगुमोहले गोल गर्दै लिभरपुलाई जित दिलाए। १६ वर्ष २६१ दिनका उनी लिरभपुलका लागि प्रिमियर लिगमा गोल गर्ने कान्छा खेलाडी बने। उनी जेम्स भाउघन, जेम्स मिल्नर र वायन रुनीपछि प्रिमियर लिगमा गर्ने चौथो कान्छा खेलाडी पनि बने।
