फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटका लागि मुख्य प्रशिक्षक कार्लो एन्सोलोटीले ब्राजिलको टिम घोषणा गरेका छन्। एन्सोलोटीले अधिकांश प्रिमियर लिगका खेलाडीलाई समेट्दै २५ सस्यीय टिम घोषणा गरेका छन्।
सेप्टेम्बरमा हुने २ खेलाका लागि घोषणाका गरेको टिममा एन्सोलोटीले रियल मड्रिडका कुनै पनि खेलाडीलाई समावेश गरेका छैनन्। जसमा स्टारहरु भिनिसियस जुनियर, रोड्रिगो र इडर मिलिटाओ छन्।
यस्तै, सुपरस्टार नेमारले पनि टिममा छैनन्। टिममा फर्कने पक्का भएका उनी तीघ्रामा चोट बोकेकाले नपरेका हुन्।
उनले युवा खेलाडीहरु विलियन स्टेभाओ, काइ जोर्गे, जोआ पेड्रोलाई टिममा बोलाएका छन्। यस्तै, ग्याब्रिअल मार्टिनेली, म्याथिस कुन्हा, लुकास पक्वेटा, डग्लस सान्तोष लगायतलाई पनि मौका दिएकाछन्।
यअसघि नै विश्वकपमा छनोट भइसकेको ब्राजिलले सेप्टेम्बर ५मा चिली र १०मा बोलिभियासँग खेल्दैछ।
ब्राजिलियन टिम : एलिसन, बेन्टो, हुगो सुजा (गोलकिपर), एलेक्ससान्ड्रो, कायो हेन्ड्रिक, फाब्रिसियो ब्रुनो, वान्डरसन, ग्याब्रियल मागलहेस, मार्किन्होस, एलेक्स सान्ड्रो, डग्लस सान्तोष, वेस्ली (डिफेन्डर), ब्रुनो गुइमारेस, आन्द्रे, कासेमिरो, जोइलिंटन, लुकास पक्वेटा (मिडफिल्डर), स्टेभाओ, काइ जोर्गे, म्याथिक कुन्हा, राफिन्हा, रिचार्लिसन, जोआ पेड्रो, लुइज हेन्ड्रिक, ग्याब्रिअल मार्टिनेली (स्ट्राइकर)
