रियल मड्रिडका लिजेन्ड विंगर लुकास भास्क्वेस जमर्न क्लब बायर लेभरकुसनमा आबद्ध भएका छन्।
३४ वर्षीय यी स्पेनिस विंगर फ्रि ट्रान्सफरमा लेभरकुसनमा आबद्ध भएका हुन्। भास्क्वेसले लेभरकुसनसँग २ वर्षको सम्झौता गरेका छन्।
रियलकै एकेडेमीका उत्पादन उनले सन् २०१५ सिनियर टिममा डेब्यू गरेका थिए। सुरुमा विंगरका रुपमा खेलका उनले पछिल्लो केही सिजन बिंगब्याबका रुपमा रियलबाट खेलेका थिए।
एक दशक रियलको टिममा बिताउँदा उनले ४०२ खेल खेल्दै ३८ गोल गरेका छन्। यसबीचमा उनले ५ च्याम्पियन्स लिग, ४ ला लिगा, ४ युईएफए सुपर गरी कुल २० उपाधि जितेका छन्।
