यू-१७ महिला साफमा नेपालले आज बंगलादेशसँग खेल्दै

27 Aug, 2025
Share:
117 Shares

भुटानमा जारी यू–१७ महिला साफ च्याम्पियनसिप नेपालले आज बंगलादेशसँग खेल्दै छ।

खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरू हुनेछ।

यो नेपालको चौथो र बंगलादेशसँगको दोस्रो भीडन्त हो। यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको थियो।

प्रतियोगितामा तीनमध्ये १ खेल मात्र जितेको नेपाल आजको खेल जित्दै उपाधि सम्भावना जिवितै राख्न चाहन्छ। तर, पछिल्ला केही वर्ष यता उत्कृष्ट फुटबल खेलिरहेको बंगलादेशलाई हराउनु नेपालका लागि सहज हुने छैन।

आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधिबाट बाहिरिनेछ।

नेपालले पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २–१ गोलले पराजित गरेको थियो।

यता, बंगलादेशले नेपाल र भुटानलाई हराउाँद भारतसँग पराजित भएको छ।

आजै साँझ भारत र भुटान पनि खेल्ने छन्। भारतलै तीनै खेल जितेको छ भने भुटान तीनै खेलमा पराजित छ।