आश्विनले लिए आईपिएलबाट सन्न्यास

27 Aug, 2025

भारतीय भेट्रान अफस्पिनर रविचन्द्रन आविश्वनले आईपिएलबाट सन्न्यासको घोषणा गरेका छन्। ३८ वर्षीय आविश्वनले बुधबार सामाजिक सञ्जालफर्मात अब आईपिएल नखेल्ने घोषणा गरेका हुन्।

‘आईपीएल क्रिकेटरको रूपमा रहेको समय आजबाट समाप्त भयो,’ आईपिएल नखेल्ने घोषणा गर्दैै आश्विनले लेखेका छन्, ‘हरेक अन्त्यसँगै नयाँ सुरुवात हुन्छ, विश्वका विभिन्न लिगहरूमा मेरो समय आजदेखि सुरु हुन्छ।’

आविश्वनले सन्न्यासको घोषणा गर्दै भविष्यमा आउने कुराहरुको आनन्द लिन र त्यसको अधिकतम उपयोग गर्न आतुर रहेको उल्लेख गरेका छन्। उनले अब विश्वका विभिन्न लिगहरू खेल्ने उल्लेख गरेका छन्।

आविश्नले आईपिएल करिअर चेन्नई सुपर किंग्सबाट सुरु गरेर त्यहींबाट अन्त्य गरेका छन्। त्यसबीचमा उनले अन्य चार फ्रेन्चाइजी टिमबाट पनि खेले। उनले पुने सुपर जायन्ट्स, पञ्जाब किंग्स र राजस्थान रोयल्यसबाट आईपिपएल खेलेका थिए। उनले सबै फ्रेन्चाइजीलाई धन्यवाद दिएका छन्।

‘म सबै फ्रान्चाइजीलाई धन्यवाद दिन चाहन्छु, उनीहरुले मलाई अद्भुत सम्झनाहरू र सम्बन्धहरू प्रदान गरेका छन्,’ उनले लेखेका छन्,‘उनीहरूले मलाई हालसम्म दिएको कुराका आईपिएल र बिसिसिआईलाई सबैभन्दा धेरै धन्यवाद।’

आविश्वन आईपिएल इतिहासका पाचौं सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले ७.२ को इकोनोमीमा १८७ विकेट लिएका छन्।

आईपिएलमा रिटायर्ट आउटने हुने र बल गर्नु पहिला नै नस्ट्राइक ब्याट्सम्यानलाई रनआउट गर्ने उनी पहिलो खेलाडी हुन्।

आविश्वनले गत डिसेम्बरमै अन्तर्राष्ट्रिय क्रिकटबाट सन्न्यास लिइसकेका छन्। उनले अस्ट्रलियामा भएको बोर्डर–गावस्कर ट्रफीको बीचमै सन्न्यासको घोषणा गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]