डिएभी स्पोर्ट्स गाला : क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

27 Aug, 2025

जावलाखेल, ललितपुरस्थित डिएभी सुसिल केडिया विश्व भारती स्कुलद्वारा आयोजित पहिलो संस्करणको ‘लेट सुसिल केडिया मेमोरियल स्पोर्ट्स गाला २०२५’ आज सम्पन्न भएको छ।

स्पोर्ट्स गालामा कुल ९१ विद्यालयले विभिन्न ६ वटा खेलका टिम र व्यक्तिगत विधामा प्रतिस्पर्धा गरेका थिए। साउन २४ गतेदेखि सुरु भई भदौ ११ गतेसम्म २० दिन सम्म संचालन भएको स्पोर्ट्स गाला डिएभी स्कुलले आयोजना गरेको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो।

प्रतियोगिताको अन्तिम दिन सम्पन्न क्रिकेटतर्फको फाइनलमा नेपाल पुलिस स्कुलले एलआरआई स्कुललाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो। जितको लागि ७२ रनको लक्ष्य पाएको एलआरआईले कमजोर ब्याटिंग गर्दै ४। ३ ओभरमा २३ रनमै सबै विकेट गुमायो। नेपाल पुलिस स्कुलका आर्यन शाहले ४ विकेट लिंदै जितमा अहम योगदान दिए। यस अघि ब्याटिंगमा समेत आर्यनले ३१ रन बनाएका थिए।

क्रिकेट प्रतियोगितातर्फ एलआरआई स्कुलका अभि थपलिया प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भए। यस्तै उत्कृस्ट ब्याटर डीएभी स्कुलका आरुष झा, उत्कृस्ट बलर विजेता पुलिस स्कुलका आर्यन शाह, उत्कृस्ट विकेकिपर जेम्स स्कुलका दिक्षान्त मिश्रा तथा उदयमान खेलाडी रेडीयन्ट रिडर्स स्कुलका सनातन नेपाल घोषित भए।

प्रतियोगिताको गत साता सम्पन्न भएको फुटबलतर्फ १८ टोली सहभागी हुँदा कान्जिरोवा माध्यमिक विद्यालयले उपाधि जित्यो। दोस्रो स्थानमा मोर्डन इन्डियन स्कूल रह्यो भने डिएभी तेस्रो स्थानमा रह्यो।

अन्य खेलतर्फ तेक्वान्दोमा ९ विद्यालयबीच प्रतिस्पर्धा हुँदा श्री विष्णुदेवी माध्यमिक विद्यालय प्रथम, डिएभी दोस्रो र जेम्स तथा जुगल नव गुरुकुल विद्यालय तेस्रो भए। महिला उत्कृष्ट पूम्से खेलाडीमा विष्णुदेवीकी बर्षिका महरा, पुरुष उत्कृष्ट पूम्से खेलाडीमा बोधि वृक्षका नभ्यम लामा, महिला उत्कृष्ट फाइटरमा डिएभीकी गरिमा पुन र उदाउँदो खेलाडीमा डिएभीकै अक्षुन्ना राई घोषित भए।

पुरुष बास्केटबलमा १० विद्यालय सहभागी हुँदा एलआरआई विद्यालय प्रथम र ज्ञानोदय विद्यालय दोस्रो बने। एलआरआईकै रियुचि श्रेष्ठ शीर्ष स्कोरर तथा राकेश भुजेल एमभीपी घोषित भए। महिला बास्केटबलमा १० विद्यालय सहभागी हुँदा जेम्स स्कूल प्रथम र ज्ञानोदय दोस्रो बने। जेम्सकै कृशा ढकाल शीर्ष स्कोरर र दिव्यंसा कार्की एमभीपी बने।

यस्तै टेबल टेनिसतर्फ १५ विद्यालयले प्रतिस्पर्धा गरेका थिए। पुरुष टिम इभेन्टमा युनाइटेड स्कूल प्रथम, श्रीष्टी एकेडेमी दोस्रो र एभीएम तथा डिएभी तेस्रो भए। महिला टिम इभेन्टमा एभीएम प्रथम, युनाइटेड दोस्रो र पुष्पसदन तथा मोर्डन इन्डियन स्कुल तेस्रो भए।

विभिन्न उमेर समूहको विधाहरुमा डिलाइट किन्डरगार्डेन हाई स्कूलका निर्भिक शाक्य, श्रीष्टी एकेडेमीकी अनुस्का शाह, काव्या स्कूलका तृजल चौधरी र तोरण नवजीवन स्कुलकी प्रमिशा पुन उत्कृष्ट खेलाडी बने। युनाइटेड युनिभर्सलका सरुरत गौतम, डिएभीकी रुमानी पाठक, पुष्पसदनका एरोन महर्जन र डिएभीकी स्नेहा कुमारी महतोलाई रायजिङ प्लेयर अवार्ड दिइयो। एभीएमका काव्या शाक्य र शिरीषराज शाक्य उदयमान खेलाडी बने।

ब्याडमिन्टनमा १३ विद्यालय सहभागी हुँदा नेपाल पुलिस स्कूल प्रथम, सेन्ट मेरीज दोस्रो र केन्द्रीय विद्यालय तेस्रो भए। व्यक्तिगततर्फ डिएभीका सुमिर ढकाल उत्कृष्ट पुरुष खेलाडी, सेन्ट जेभियरकी निकिता यादव उत्कृष्ट महिला खेलाडी बने। डिएभीका आयुष पौडेल र सेन्ट मेरीजकी बिजल खत्री उदायमान प्लेयर बने।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]