साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

28 Aug, 2025

नेपाली टोली आफ्नो तेस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपालका लागि भीम सार्कीले ३२, दीपेन्द्रसिंह ऐरीले २६, आसिफ सेखले २२, आरिफ सेखले २१ रन बनाएका थिए।

१४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको थियो । जितका लागि १ बलमा ४ रन चाहिएको अवस्थामा अन्तिम बलमा र अस्ट्रेलियाका ब्राउनले चौका प्रहार गर्दै जित दिला ।

साउथ अस्ट्रेलियाको लागि विन्टरले ३६, होगेनबोजेमले २८ र हार्बीले २७ रन बनाए।

बलिङमा नेपालका लागि सोमपाल कामीले ३ विकेट र नन्दन यादवले २ र रोहित पौडेलले १ विकेट लिए।

नेपालले आजै साउथ अस्ट्रेलियासँगै दोस्रो टि–२० र शनिबार साउथ अस्ट्रेलियासँगै एकदिवसीय अभ्यास खेल खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]