मेसी चम्किँदा इन्टर मियामीको जित, लिग कपको सेमिफाइनलमा

28 Aug, 2025

चोटमुक्त हुँदै मैदान फर्किएको पहिलो खेलमै सुपरस्टा लियोनल मेसीको उत्कृष्ट प्रदर्शन गरेका छन्। चोटका कारण मेजर लिग सकरका केही खेल गुमाएका मेसी बिहीबार बिहान भएको लिग कपको ओर्लान्डो सिटीविरुद्धको खेलमार्फत मैदान फर्किए।

सो खेलमा मेसी चम्किएपछि मियामीले खेल ३–१ले जित्यो। जितसँगै मियामी सेमिफाइनलमा पुगेको छ।

१ गोलपछि परेको अवस्थामा पुनरागमन जित निकाल्ने क्रममा मेसीले २ गोल गरे भने अर्को गोल टेलस्को सेगोविआले गरे। यता, ओर्लान्डोका मार्को पासालिचले गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पासालिचको गोलको ओर्लान्डोले खेलमा अग्रता लियो। ७५औं मिनेटमा ओर्लान्डो १० खेलाडीमा समेटियो। त्यसको फाइदा मियामीले उठायो।

लगत्तै ७७ मिनेटमा प्राप्त पेनाल्टीमा मेसीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८८औं मिनेटमा डेविड अलाबाको पासमा मेसीले नै टिमलाई अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा सेगोविआले गोल गरेपछि मियामी ३–१ले विजयी भयो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]