युवराज खत्रीको घातक बलिङमा आसाममा ७७ रनमै अलआउट, नेपाल एकाे ९६ रनकाे सानदार जित

29 Aug, 2025

भारत भ्रमणमा रहेको नेपाल ए टिमले दोस्रो अभ्यास खेलमा जित निकालेको छ। शुक्रबार गुहवाटीमा भएको खेलमा स्पिनर युवराज खत्रीले घातक बलिङ गरेपछि नेपालले आसामाथि ९६ रनको सानदार जित निकाल्यो।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमै अलाउट भयो। उसका लागि रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए भने शिवशंकर रोय १६ र आकाश सेनगुप्ता १० रनमा आउट भए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आसामलाई धरासायी बनाउने क्रममा युवराजले ३.२ ओभरमा १ मेडनसहित १५ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, बसिर अहमदले ३ तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले समान १ विकेट लिए।

त्यसअघि एसीए क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।

नेपालका सन्दीप जोराले २३ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए भने पवन सर्राफले ३१, देव खनाल ३१, बसिर अहदम २७, विवेक यादवले २६ रन बनाए। बलिङाआसामका आकाशले सर्वाधिक ३ विकेट लिए।

योसँगै ५ खेलको सिरिज १–१को बराबरीमा आएको छ। पहिलो खेल वर्षाले प्रभावित हुँदा नेपाल डिएलएस मेथर्डमा १५ रनले पराजित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]