भुटानमा जारी यू–१७ महिला साफ च्याम्पियनसिपमा नेपालले फराकिलो हारको सामाना गरेको छ।
खराब प्रदर्शन गरिरहेको नेपाल शुक्रबार साँझ भएको खेलमा भारतसँग ५–०को फराकिलो अन्तरले पराजित भयो।
प्रतियोगिताको पाँचौं खेलमा नेपालको चौथो हार हो। भारतसँग नेपालको यो लगातार दोस्रो हार हो। पहिलो भेटमा नेपाल ७–०ले पराजित भएको थियो।
खेलमा भारतका लागि पर्ल फर्नान्डेसले ह्याट्रिक गरिने भने दिव्यानी लिन्डाले २ गोल गरिन् ।
नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिसकेको थियो।
भारतको भने यो लागतार पाँचौं जित हो। आजै भएको अर्को खेलमा बंगलादेश भुटानसँग बराबरीमा रोकिएकाले भारत च्याम्पियन बन्ने पक्का भएको छ।
अब प्रतियोगितामो अन्तिम खेलमा नेपालले भुटानसँग खेल्ने छ भने भारत र बंगलादेश भीड्ने छन्।
