साउदी क्लब अल नासरसँग खेल्दै एपिएफ

30 Aug, 2025

एएफसी महिला च्याम्पियन्स लिगको छनोट चरण खेलिरहेको नेपालको एपिएफ क्लबले आज साउदी क्लब अल नासरसँग खेल्दै छ। खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।

समूह बीमा रहेको एपिएफले यसअघि दुवै खेल हारेकाले उसको अघिल्लो चरणको सम्भावना समाप्त भइसकेको छ। अल नासरले अघिल्ला दुवै खेल गुमएको थियो।

त्यसैले एपिएफ र अल नासर दुवैका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।

एपीएफ पहिलो खेलमा उज्बेकिस्तानको नासाफ पीएफसीसँग ३–० र दोस्रो खेलमा थाइ क्लब कलेज अफ एसियन स्कोलार्ससँग ५–० ले पराजित भएको थियो।

प्रारम्भिक चरणमा रहेका ५ समूहबाट शीर्ष हुने टोलीहरू तथा ५ मध्ये एक उत्कृष्ट उपविजेताले अघिल्लो चरणमा स्थान बनाउने छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]