रोनाल्डोको कप्तानीमा विश्वकप छनोटका पोर्चुगलको टिम घोषणा

30 Aug, 2025

मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपको युरोपियन छनोटका लागि पोर्चुगिच टिमको घोषणा गरेका छन्। मार्टिनेजले सुपरस्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेका हुन्।

मार्टिनेजले ३ महिनअघि नेसन्स लिग जितेकै टिमलाई निरन्तरता दिएका छन्। उनले डिफेन्डर जोआ क्यान्सेलो टिममा बोलाएका छन्। उनी नेसन्स लिगको फाइनलमा टिममा थिए।

टिममा रोनाल्डोसँगै स्टार खेलाडीहरु नुनो मेन्डेस, बर्नाडो सिल्भा, ब्रुनो फर्नान्डेस, रुबेन डियास, भिटिन्हा, जोआ फेलिक्सलगायत छन्।

विश्वकपको युरोप छनोटको समूह एफमा रहेको पोर्चुगलले सेप्टेम्बरको फिफा विन्डोमा अर्मेनिया र हंगेरीसँग खेल्ने छ। अर्मेनियासँग सेप्टेम्बर ६ र हंगेरीसँग सेप्टेम्बर ९मा खेल हुनेछ। यी दुवै खेल अवे हुने छ।

पोर्चुगिच टिम : डिएगो कोस्टा, जोसे स, रुइ सिल्भा (गोलकिपर), डिएगो डालोट, जोआ क्यान्सेलो, नुनो मेन्डेस, गोन्सालो इनासियो, रुबेन डियास, एन्टोनियो सिल्भा, रेनाटो भिएगा (डिफेन्डर), जोआ पाल्हिन्हा, रुबेन नेवेस, जोआ नेवेस, भिटिन्हा, ब्रुनो फर्नान्डेस, पेड्रो गोन्काल्वेस, बर्नार्डो सिल्भा (मिडफिल्डर), जोआ फेलिसक्स, फ्रान्सिस्को कोन्सेसाओ, फ्रान्सिस्को ट्रिन्काओ, पेड्रो नेटो, गोन्सालो रामोस र क्रिस्टियानो रोनाल्डो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]