रोहितको शतकमा एकदिवसीय अभ्यास खेलमा नेपाल विजयी

30 Aug, 2025
Share:
117 Shares

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले एक मात्र एकदिवसीय अभया खेलमा विजयी हात पारेको छ।

शनिबार भएको साउथ अस्ट्रेलियाविरूद्धको अभ्यास खेलमा नेपालले २ विकेटको जित निकाल्यो। नेपालका जितमा कप्तान रोहितकुमार पौडेलले सानदार शतक प्रहार गरे भने सोमपाल कामीले पनि रोहितलाई गज्जबको साथ दिए।

साउद अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरका ८ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान रोहितले शतक प्रहार गरे। एनले १०१ बलमा ९ चौका मद्दतमा १०१ रन नै बनाए।

यस्तै, सामपाल कामीले पनि ४० रन बनाए। उनले ३० खेमला १ चौका र ३ छक्का प्रहार गरे। उनले रोहितसँग आठौं विकेटका लागि ८५ रनको उत्कृष्ट साझेदारी गरेका थिए। गुल्सन झाले ४० बलमा ३६ रन बनाउँदा कुशल भुर्तेलले २८ रन बनाए।

बलिङमा साथउ अस्ट्रेलियाका टम मेन्जिस र ह्यारी मानेन्तीले समान ४ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अलआउट हुँदै २४२ रन बनायो। उसका लागि मनेन्तीले ६८ बलमा ४ चौका र २ छक्का मद्दतमा र्साधिक ६३ रन बनाउँदा डोउट्जी होगन्बोजीले ६६ बलमा ५ चौका र १ छक्का मद्दतमा ५३ रन बनाए। यसतै, रायन किङले ३५ र म्याकेन्जी हार्वीले २४ रन बनाए।

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले समान ३ विकेट लिए। नन्दनले ५ ओभमार १ मेडनसहित १५ रन मात्र खर्चिए भने सोमपलले ५ ओभरमा २१ रन खर्चिए। यस्तै, सन्दीप लामिछाने, रुपेश सिंह र साहब आलमले समान १ विकेट लिए।

योसँगै नेपालको अस्ट्रेलिया भ्रमण सकिएको छ। टप इन्ट टि–२० सिरिज खेल्ने अस्ट्रेलिया पुगेको नेपाली टिमले सो सिरिजका ६ मध्ये २ खेल जितेको थियो। त्यसपछि नेपालले ४ टि–२० अभ्यास खेल खेलेको थियो। जसमा २ खेल जितेको थियो।