चेल्सीका एनकुकु एसी मिलानमा, ज्याक्सन बायर्नमा

30 Aug, 2025
Share:
117 Shares

इंग्लिस क्लब चेल्सीका दुई स्ट्राइकर क्रिस्टोफर एनकुकु र निकोलस ज्याक्सनले क्लब छाडेका छन्। २७ वर्षीय फ्रेन्च स्ट्राइकर एनकुकु पर्मानेन्ट र सेनेगलका २४ वर्षीय स्ट्रायकर ज्याक्सनले लोनमा चेल्सी छाडेका हुन्।

एनकुकुले इटालिनय क्लब एसी मिलानमा आबछ भएका छन्। यी विंगरले एसी मिलानसँग ५ वर्षको सम्झौता गरेका छन्। उनका लागि मिलानले ४२ मिलियन युरो खर्चियो।

एनकुकु सन् २०२३ आरबी लेइपजिगबाट ५२ मिलियन पाउण्डमा चेल्सी आएका थिए। त्यसअघि चेल्सीमा लागि ६२ खेल खेल्दै उनले १८ गोल र ५ असिस्ट गरेका छन्। उनले लेइपजिगमा भने १७२ खेलमा ७० गोल र ४४ असिस्ट गरेका थिए।

यता, ज्याक्सन लोनमा जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध भएका छन्। बायर्नले १३ मिलयन पाउण्ड तिरेर लोनमा ज्याक्सनलाई ह्यारी केनको विकल्पका रुपमा भित्र्याएको हो।

सन् २०२३ मै स्पेनिस क्लब भिल्लारियलबाट चेल्सी आएका उनले चेल्सीका लािग ८१ खेलमा ३० गोल गरेका थिए। ठिकठाक प्रदर्शन गरेपनि पछिल्लो समय पनि उनी प्रशिक्षक इन्जो मारेस्काको रोजाईमा थिएनन्।