बालगोपाल साहुखल प्रो लाइसेन्स कोचिङ काेर्षका लागि अस्ट्रेलिया जाँदै

31 Aug, 2025
Share:
117 Shares

पूर्वखेलाडी एवम् प्रशिक्षक बालगोपाल साहुखल नेपालकै पहिलो प्रो लाइन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा छन्।

त्यसका लागि उनी प्रो लाइसेन्स कोचिङ कोर्ष गर्न अस्ट्रेलिया जाँदै छन्। उनी सेप्टेम्बर ५ मा अस्ट्रेलिया प्रस्थान गर्नेछन्।

अस्ट्रेलिया जान लागेका साहुखललाई एन्फाले आइतबार एक कार्यक्रम गर्दै बिदाई गरेको छ। उनलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईसहित पदाधिकारीहरूले शुभकामना दिँदै बिदाई गरे।

अस्ट्रेलियाको सिड्नी फुटबल एसोसिएसनअन्तर्गत रहने कोर्ष १ वर्षको हुनेछ। जुन ४ चरणमा सम्पन्न हुनेछ। पहिलो चरण सेप्टेम्बर ९ देखि सुरु हुनेछ।

साहुखलले कोर्ष गर्न आफू उत्साहित रहेको बताउँदै मेहनत गर्न बताएका छन्।

नेपालको राष्ट्रिय टिमबाट नखेले पनि साहुखलले ए डिभिजन लिग खेल्नुका साथै प्रशिक्षका रुपमा पनि काम गरेका छन्। उनी नेपाली राष्ट्रिय टिमका स्टार स्ट्राइकर सन्तोष साहुखलका दाइ हुन्।