लेस्टर सिटीका लिजेन्ड स्ट्राइकर जेमी भार्डी इटालियन क्लब क्रेमोनेजमा आबद्ध भए हुने भएका छन्। ३८ वर्षीय इंग्लिस स्ट्राइकर भार्डी फ्रि ट्रान्सफरमा इटालियन क्लब पुगेका हुन्।
भार्डी र क्रेमोनेजबीच औपचारिक सम्झौता हुन भने बाँकी छ। उनी मेडिकलका लागि आजै इटालिन जाने छन्। मेडिकल परीक्षणपछि दुईबीच औपचारिक सम्झौता हुनेछ।
भार्डीले इटालियन क्लबसँग १ वर्षको सम्झौता गरेका छन्। यसैसिजन सिरि एमा बढुवा भएको क्रेमोनेज रेलिगेसनमा नपरे अर्कौ सिजन पनि भार्डी क्लबमै रहने छन्। क्रेमोनेजले सिरि एका सुरुआती दुवै खेलमा जित निकालेको छ।
१३ सिजन लेस्टरमा बिताए पनि उनले क्लब छाडेका हुन्। सन् २०१५–१६मा लेस्टरले लिग जित्दा भार्डी मूख्य खेलाडी थिए। लेस्टरबाट उनले एफए कप र कम्युनिटी सिल्ड पनि जितेका छन्। लेस्टरमा ५ सय खेल खेल्दै उनले २ सय गोल गरेका छन्।
अघिल्लो सिजन मात्र प्रिमियर लिगमा बढुवा भएको लेस्टर रेलिगेसनमा परेको थियो। टिम रेलिगेसनमा परेपछि भार्डीले लेस्टर छाडेका हुन्।
