अनिलको अर्धशतकका बाबजुद नेपाल ए पराजित, सिरिज २-२ को बराबरीमा

1 Sep, 2025

कप्तान अनिल साहको अर्धशकका बाबजुद नेपाल ए टिम चौथो टि–२० खेलमा पराजित भएको छ। आइतबार साँझ भारतको गुवाहाटीमा भएको खेलमा नेपाल १८ रनले पराजित भयो।

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान अनिल साहले सर्वाधिक ६७ रन बनाए। उनले ५० बलमा ७ चौका र २ छक्का प्रहार गरे।

यस्तै, इशान पाण्डेले २० बलमा २७ रन बनाउँदा अन्यले भने गतिलो योगदान दिन सकेनन्। बलिङमा आसामका अभिनव चौधरी र अब्दुल कुरेशीले समान ३ विकेट लिए। भने सादिक हुसेनले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो । आसामका लागि कप्तान सुमित घडिअन्करले सर्वाधिक अविजित ७० रन बनाए। ‍उनी २०औं ओभरको पहिलो बलमा रिटायर्ड भए।

नेपालका आकाश चन्दले २ विकेट लिँदा बसिर अहमदले १ विकेट लिए ।

योसँगै सिरिज २–२को बराबरीमा आएको छ। अब सोमबार हुने अन्तिम खेल शृंखलामा निर्णायक बन्ने भएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]