सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

रग्बी सिरिज भदौ अन्तिम साता

नेपाल रग्बी संघको आयोजनामा नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ।

सिरिजमा रग्बी सेभेन्सका २ तथा फिफ्टिन्समा १ खेल हुने आयोजक संघका अध्यक्ष दिपक देवकोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

भदौ ३० गते रग्बी सेभेन्सका २ खेल हुनेछ। रग्बी फिफ्टिन्सको खेल भदौ ३१ गते खेलाइने छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सिरिज सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने आयोजकले जनाएको छ।

सिरिजको पहिलो संस्करण बंगलादेशको ढाकामा सन् २०२२ मा भएको थियो।

1.3Kशेयर