नेपाल ए टिमले भारतको गुहवाटीमा जारी टि–२० सिरिजको अन्तिम खेलमा २०९ रनको विशाल लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले सन्दीप जोरा, शुभ कंसकार र आदिल आलमको विस्फोट ब्याटिङ मद्दतमा ६ विकेटको क्षतिमा १०८ रन बनायो। जसमा सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए। उनले ३९ बलमा ३ चौका र ५ छक्क प्रहार गरे।
यस्तै, शुभले २६ बलमा १ चौका र ४ छक्का मद्दतमा ४१ रन बनाउँदा ओपनर इशान पाण्डेले २० बलमा ४ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए। यस्तै, आदिलले ११ बलमा तीन छक्का मद्दतमा २५ रन बनाए।
बलिङमा आसामका आयुश्मन मलाकार र अविनभ चौधरीले समान २ विवकेट लिए।
५ खेल सिरिज २–२को बराबरीमा छ। आज खेल जित्ने टिमले सिरिज जित्ने छ।
